img

सर्भरमा समस्या आउँदा डिस्चार्ज भएका बिरामी अस्पतालमै

श्रीमतीलाई प्रसव वेदनाले च्यापेका कारण वगनासकाली गाउँपालिका दर्लामडाँडाबाट प्रवास लुम्बिनी मेडिकल कलेज ल्याए पनि समयमा घर पुर्याउन नपाउँदा अस्पतालमा बढी खर्च हुने समस्याले पोल्न लागेको छ ।
अस्पतालमा बच्चा जन्मिएपछि बुधबार नै डाक्टरले रिफर गरेपनि घर फर्कन नपाउने उनी जस्ता बिरामी भएको बताउँछन् ।
लुम्बिनी मेडिकल कलेजमा बुधबार मध्यान्ह १२ बजे देखि एकाएक सर्भरमा समस्या उत्पन्न भएका कारण बिरामी डिस्चार्ज भएर घर फर्कन नपाएका हुन् भने नया बिरामी भर्ना समेत हुन नपाएको बिरामीका आफन्तले जनाएका छन् ।
बुधबार एकाएक सर्भरमा समस्या उत्पन्न भएपछि विहीबार मध्यान्ह सम्म समस्या समाधान नहुँदा अस्पतालको सेवा प्रभावित भएको छ । मुख्य पर्व नजिक आउँदै गर्दा उपचारका क्रममा आएका बिरामी तथा –(भर्ना भएका) निको भएपछि पनि घर जान पाएनन् । “पैसा बुझाएर घर जान्छु भन्दा पनि नपाइने, यो अन्याय भयो” बिरामीका आफन्त टिकाराम पौडेलले भने ।
उपचारमा संलग्न डाक्टरले बिरामीलाई निको भएपछि घर पठाउँछन् तर सर्भरमा समस्या आएपछि पैसा भुक्तानी सबै प्रकृया रोकिदा अस्पतालमै रोकिनु परेको उनी बताउँछन् ।
कम खर्चमा प्रभावकारी उपचार होला भनेर स्वस्थ्य विमा गरियो रिफरका लागि २ दिन सरकारी अस्पताल धाउनु प¥यो । यहाँ आउदा टिकट काट्नै नपाएको रैनादेवी गाउँपालिका छहराका कमला रायमाझी बताउँछिन् ।
सुनाउने निकायका जिम्मेवार व्यक्ति अस्पतालै नआएको बिरामीका आफन्त दिपक खनाल बताउँछन् । समस्या त प्राविधिक भएपनि प्रशासन तथा व्यवस्थापनतर्फका व्यक्तिले मर्कामा परेकाहरुको समस्या समाधान गरिदिनु पर्नेमा घरमै बसेको कारण समस्या भएको उनी बताउँछन् ।
लुम्बिनी मेडिकल कलेजका सुचना अधिकारी कुष्ण प्रसाद पराजुली भन्छन्, “सर्भरमा समस्या आएको २४ घण्टा भयो । यो समस्याले अस्पताल ठप्प भएको छ । यस विषयमा प्राविधिकहरुले निरन्तर प्रयत्न गरिरहेका छन्”–उनले भने, “समस्या प्राविधिक हो । प्राविधिकहरु निरन्तर रुपमा लागेका छन् । डिस्चार्ज हुने बिरामीका लागि केही उपाय गरिने छ ।” २४ घण्टा सेवा अवरुद्ध हँुदा ५ सय जना बिरामी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post