कार्तिक २२, २०८१ बिहिबार
प्यूठान।प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारा स्थित मगरहरूले एक वर्षका लागि पुजारी छनौट गरेका छन् ।
रजवारा गाउँमा वर्षभरी हुने पुजाहरू, धार्मिक स्थल झाक्रि ढुङ्गाको पूजाका लागि प्रत्येक वर्षको कात्तिक २० गते पुजारी छनौट गरिने चलन छ ।
गाउँका सुतपहरे पुनमगरहरूको नेतृत्वमा राम्जाली घर्ति, बैजाली घर्ति र तिर्के पुनमगरबाट पुजारी छनौट गरी पुजाआजाको परम्परा धान्दै आएको स्थानीय मनोज पुनमगरले जानकारी दिए ।
उनका अनुसार २० गतेसम्मका सबै पुजाआजाका काम स्थानीय प्रमुख पुजारी ओम बहादुर घर्ति र सहायक अमृत घर्र्ति (धार चलाउने) ले गर्दै आएकोमा मंगलवार देखि नयाँ पुजारीले जिम्मा लिएका छन् ।
स्थानीयहरूको छलफलबाट पुजारी छनौट गरी बाजाले सम्मान गरी नयाँ पुजारी छनौट गर्ने प्रचलन रहेको छ । यस वर्षको प्रमुख पुजारीमा नारायण पुनमगर र सहायक पुजारीमा भविराम घर्तिमगरलाई छनौट गरिएको हो ।
पुजारीले रजवारामा मंसिर पहिलो हप्ताको मंगलवार हुने भुमे पुजा सहित सिमको देवाली, पातिहाल्ना देवाली, दहवसे देवाली, झाक्रिढुङ्गाको पुजा गर्नु पर्ने हुन्छ ।
देवालीमा पाँच छाक नुन नखाने, फलफुल खाएर जानु पर्ने, झाक्रिढुङ्गा पुजा दुई दिन अघिदेखि नुन वार्नु पर्ने मान्यता रही आएको स्थानीयहरू बताउँछन् ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2024 Herirakhau
Copyright © 2024 Herirakhau
Leave A Comment