img

बढ्दो छ गुल्मीमा फ्रान्सेली पर्यटक

गुल्मी।नेपाल भ्रमणको क्रममा बुधबार बिहान नेपाल एरलायन्सको टुइनेटर जहाज मार्फत गुल्मीको रेसुङ्गा बिमानस्थल आइपुगेका फ्रान्सेली पर्यटकहरू गुल्मीको प्राकृतिक सौन्दर्यता देखेर निकै खुसि बनेका छन । गुल्मीको मदाने गाउँपालिका अन्र्तगत अरबिन्द्र आश्रमका गुरु रामचन्द्र दासको संयोजनमा १२ जना फ्रान्सेली पर्यटकहरू योग साधनासँगै गुल्मीको पर्यटकीय क्षेत्रको भ्रमणका लागि अरबिन्द्र आश्रम आइपुगेका हुन ।

जिल्लामा यति ठूलो संख्यामा एकै पटक आएका पर्यटकहरूलाई रेसुङ्गा नगरपालिकाले बिमानस्थलमै पुगेर जाउँ हिड रेसुङ्गा अभियान अन्तर्गत टोपी लगाएर स्वागत गरेको थियो । नगरपालिकाको तर्फबाट उपप्रमुख अमृतादेबी कुँवरले पर्यटकहरूलाई नगरमा स्वागत गर्दै जिल्लाको महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी गराएकी थिईन ।

उनले पर्यटकहरूलाई रेसुङ्गा क्षेत्रको भ्रमण गराई त्यस क्षेत्रको धार्मिक एवं पर्यटकीय गन्तव्यसँगै जाउँ हिड रेसुङ्गा अभियानको बारेमा बताएकी थिईन ।
भ्रमणमा आएका फ्रान्सेली नागरिक आबेल र कृस्तिनले आफुहरूलाई गुल्मी जिल्ला निकै सुन्दर लागेको भन्दै यहाँका डाँडापाखा र वनजङ्गल सहितकोे प्राकृतिक सौन्दर्यता र संस्कारलाई बचाई राख्न आग्रह गरे ।

विदेशमा ठूला शहर देखेको हुँदा यहाँ आफूहरू यहाँको बिविध प्राकृतिक सौन्दर्यतासँगै स्थानीय कला र संस्कृति हेर्न आएको उनीहरूको भनाई थियो । उनीहरूले यसरी राम्रोसँग आतिथ्यता प्रदान गरि रेसुङ्गा क्षेत्रको भ्रमण गराएकोमा नगरपालिकालाई धन्यवाद दिएका छन ।

एक महिनाको भ्रमणमा नेपाल आएका फ्रान्सेली पर्यटकहरू गुल्मीको मदाने गाउँपालिका अन्र्तगत सिर्सेनीमा रहेको अरबिन्द्र आश्रममा एक साता बस्ने कार्यक्रम रहेको छ । त्यहाँ बस्दा उहाँहरूले योग साधना गर्ने र त्यसपछि पाल्पा, पोखरा र बन्दिपुरहुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको आश्रमका सञ्चालक रामचन्द्र दासले जानकारी दिए ।

आश्रममा योग साधनाका लागि फ्रान्स र जर्मनीका नागरिकहरू आउने गरेको उनले बताए । योग साधनाका लागि आएको अवशरमा विदेशी पर्यटकहरू यस अघि पनि जिल्लाको पर्यटकी क्षेत्र रेसुङ्गा, धुर्कोटको बिचित्र गुफा लगायत ठाउँहरूको भ्रमण गरि फर्कने गरेका छन ।

पछिल्लो समयमा जिल्लामा हवाई सेवाको पहुँच भएपछि आन्तरिक एवं पाह्य पर्यटकहरूको आगमन हुन थालेको छ । तर केही समयदेखि रिडी तम्घास सडखण्डको बिग्रदो अबस्था, सुबिधायुक्त होटलहरूको अभाव र नियमित रूपमा हवाई उडान नहुँदा जिल्लामा साँचे अनुसार पर्यटन प्रर्वद्धन हुन भने अझै सकेको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post