img

८७ जनामा डेङ्गुको सङ्क्रमण

प्यूठान।जिल्लामा यस आर्थिक वर्षमा ८७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको साउन देखि शुक्रबारसम्मको तथ्याङ्क अनुसार सो सङ्ख्याका मानिसमा डेङ्गु भेटिएको हो ।
स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी कोल्ड चेन निरीक्षक कौशलराज वैद्यले आ.व. २०८०/०८१ को तुलनामा चालु आ.व. २०८१/०८२ मा सङ्क्रमित विरामीको सङ्ख्यामा कमी आएको जानकारी दिए । उनका अनुसार गत आ.व. १ सय ४६ जनामा देखिएकोमा यस वर्ष ४७ जना पुरुष, ३९ जना महिला र १ जना अन्य व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका गाउँगाउँमा समेत डेङ्गु देखिएको छ । सबै भन्दा बढी स्वर्गद्वारी नगरपालिकामा २० जना, प्यूठान नगरपालिकामा १८ जना, सरुमारानी गाउँपालिकामा १२ जना, माण्डवी गाउँपालिकामा ११ जना, ऐरावती गाउँपालिकामा ९ जना, नौबहिनी गाउँपालिकामा ३ जना, झिमरुक गाउँपालिकामा २ जना र मल्लरानी गाउँपालिकाका १ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । त्यसै गरी गुल्मी र रोल्पाका ११ जना समेत जिल्लामा जाँचका क्रममा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुवाती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुने सूचना अधिकारी वैद्यले बताए । उनका अनुसार डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post