img

क्रसर व्यवसायी महासंघको अध्यक्षमा दोहोरिए न्यौपाने, सर्वसम्मत चुनियो कार्यसमिति

काठमाडौं।नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध चुनिएका छन् ।

महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको उपाध्यक्ष मिनबहादुर शाहीले जानकारी दिए ।

२०७७ माघ २० गते बुटवलमा आयोजित  महाधिवेशनबाट पनि सिताराम न्यौपाने नै अध्यक्ष चुनिएका थिए । महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ ।

बर्दिवास महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल र लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही चुनिएका छन् ।

त्यस्तै महासचिवमा देवराज तामाङ चुनिएका छन् । सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त राखिएको छ ।

सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा बेचन ठाकुर बरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध चुनिएका छन् ।

सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिल प्रसाद पाठक, अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शश िकुमार यादव र सन्तोष यादव निर्वाचित भएका छन् ।
पदाधिकारीसहित कार्यसमिति सदस्यहरुको कार्यकाल तीन वर्षको हुन्छ ।

महासंघको अध्यक्षमा पुनः चुनिएसँगै न्यौपानेले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरोकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मिहिनेत गर्ने बताए ।

बर्दिबासको साधारण सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरुको सहभागिता थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post