img

९६ जना मोतियाविन्दुका बिरामीले पाए नयाँ दृष्टि

सल्यान।सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरले ९६ जना मोतियाविन्दुका बिरामीलाई नयाँ दृष्टि दिन सफल भएको छ । वडा नं. १, घाटगाउँकी पुष्पा सुनारले शल्यक्रियापछि पुनः संसार हेर्न पाउँदाको खुसी व्यक्त गर्दै भनिन्, “मेरो जीवनमा फेरि उज्यालो फर्कियो । नयाँ संशार देख्न पाइयो ।”

यो शिविरमा ८ स्थानबाट आँखाका बिरामी छनौट गरिएको थियो। ४७८ जनाले आँखा जाँच गराए, जसमध्ये ९६ जनामा मोतियाविन्दु पुष्टि भई शल्यक्रिया गरिएको हो । तिलगंगा आँखा अस्पतालको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र देवस्थल उपशाखाको समन्वयमा सम्पन्न भएको हो । बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा सञ्चालन भएको शिविरले छिमेकी पालिका सिद्धकुमाख, कुमाख र सुर्खेतको सिम्ता गाउँपालिकाका बिरामीलाई समेत सेवा प्रदान गरेको छ ।

शिविरमा डा. मञ्जु पन्थ खड्का र वरिष्ठ नेत्र अधिकृत प्रेम दीक्षितको टोलीले बिरामीहरूको चेकजाँच तथा शल्यक्रिया गरेका थिए । उनीहरूले सल्यान र आसपासमा आँखासम्बन्धी समस्या बढ्नुको मुख्य कारण सूर्यको किरण, आँखाको सुक्खापन, घासपात काट्दा आँखामा घाउ लाग्नु, जलविन्दु, र उच्च मधुमेह रहेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी देवस्थल उपशाखाका सभापति पुष्कर विसीका अनुसार वर्षेनि आँखासम्बन्धी समस्या बढ्दै गएको छ । यसैले, यस्ता शिविरले बिरामीलाई सुलभ र गुणस्तरीय सेवा दिन मात्र नभई समस्या पहिचान गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेका छन् । शिविरले स्थानीय समुदायमा ठूलो प्रभाव पारेको छ । आँखाको ज्योति गुमाइसकेका नागरिकहरूमा आशाको नयाँ किरण बाल्न सफल यो कार्यक्रमले प्रदेशभरि उदाहरणीय भूमिका खेलेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post