img

माहुरी पालनमा रमाउँदै दाङका श्रेष्ठ

माथि घना जंगल तल तोरी बारी, बारीका डिलभरी लहरै राखिएका माहुरीका घार छन् । दिउँसोको समय ती घारबाट धेरै जसो माहुरी बाहिर निस्किएका छन् । माहुरीले मुखमा नटोकोस् भनेर लामो टोपी लगाएका चार जनाले घारबाट मह निकालिरहेका छन् ।

घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा चरनका लागि राखेका माहुरीबाट मह निकाल्नेक्रममा देखिएको दृश्य हो यो । घोराही उपमहनगरपालिका –१५ काठेकोहलका बिष्णुराज श्रेष्ठले शिबशक्ती बि कन्सटका नाममा व्यावसायीक रुपमा माहुरी पाल्दै आएका छन् । उनीसंग अहिले १ सय ५० घार माहुरी छन् । बुवाले पाल्दै आउनुभएको माहुरीलाई आफूले निरन्तरता दिएको उनले बताए । उनी संग भएका १ सय ५० घार माहुरी मध्ये घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा ९३ घार माहुरी चरनका लागि राखेका छन् । सोही माहुरीको मह अहिले काट्न सुरु गरेका छन् । ९३ घार माहुरीबाट ४ सय ३५ किलो मह आउने आसा उनको छ । यो बिक्री बाट तीन लाख ४५ हजार आम्दानी हुने उनले बताए ।

दाङको जंगलमा चिउरीका विरुवा प्रसस्त भएकाले यहाँको मह औषधीय गुण हुने उनले बताए । एउटा घारबाट सरदर ३० किलो मह उत्पादन हुने र वर्षमा तीन पटक सम्म काट्न सकिले उनले बताए । चिउरीको मह सातसय रुपैया किलोमा बिक्री हुने गरेको र तोरीको मह ६ सय रुपैया किलोमा बिक्री हुने गरेको उनले बताए । ‘माहुरी पाल्न सजिलो छ,गाईबस्तुलाई जस्तो घाँस, दाना पानी दिनु पर्दैन , गोबरसोत्तर गर्नु नपर्ने भएकाले माहुरी पाल्न सजिलो रहेको हुन्छ’ उनले भने, सजिलो तरिकाले छोटो समयमा पनि आम्दानी गर्न सकिन्छ ।

जिल्लाबाट मह भारतको पतन्जली आयुर्बेदमा,काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्ज, रोल्पा रुकुमलगायतका शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउछन् । नेपाल माहुरी उत्पादक महासंघ दाङका निर्वमान अध्यक्ष समेत रहेका श्रेष्ठले जिल्लामा यस वर्ष करिब ४२० टन मह उत्पादन हुने बताए । गत वर्ष ३२० टन मह उत्पादन भएको थियो ।

महले बजार नपाउँदा समस्या

दाङको हावापानी मह उत्पादनको लागि उत्तम मानिएकाले यहाँ मह अत्यधिक उत्पादन हुने गरेको छ ।

छिमेकी देशबाट आएको कम गुणस्तरिय महलाई कतिपय व्यापारीले दाङको मह भनेर बिक्री गर्दा दाङको मह बिक्रीमा कमी आएको उनले बताए । दाङका माहुरीले चिउरी,तोरी, रुदेलो आदिको फूलको रसबाट मह उत्पादन गर्ने भएकाले यहाँको महमा औषधीय गुण भएकाले जतीवर्ष राख्दा पनि नबिग्रने र कुनै बिगार नगर्ने उनले बताए ।

दाङको हावापानीमा उत्पादन भएको महमा औषधी हुने भएकाले यहाँको मह सबैले खोजी खोजी प्रयोग गर्न उनले आग्रह गरे । नेपाल सरकारले स्वदेशी महलाई प्रोत्साहन गर्नका लागि गुणस्तरहिन मह प्रतिबन्ध गर्नुपर्ने उनको माग छ । जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन् ।।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post