मंग्सिर ४, २०८१ मंगलबार
लुम्बिनी प्रदेशको पाल्पा जिल्लाका रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका सुन्तला खेतीमा प्रख्यात छन्। रिब्दीकोट गाउँपालिकाका आठ वटा वडामध्ये चारवटा वडा र रैनादेवीका केही वडाका किसानहरू केही वर्ष यता व्यवसायिक रूपमा सुन्तला खेतीमा लागेका छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो।
स्थानीय किसानहरूका अनुसार खेतबारीमा फल्ने धान, मकै र गहुँबाट हुने आम्दानीको तुलनामा त्यति नै क्षेत्रफलमा लगाइएको सुन्तलाबाट निकै बढी आम्दानी हुन्छ। श्रम पनि कम पर्छ । अन्न खेतीबाट भन्दा सुन्तलाबाट घर खर्च धान्न सजिलो हुने भएपछि किसानहरू सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।
रिब्दीकोट र रैनादेवी छहराका अधिकांश किसानले पाखोबारीमा लगाएका बगैँचाबाटै वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । किसानहरू कात्तिक लागेपछि फाटफुट रूपमा सुन्तला बेच्न सुरु गर्छन् । मध्य मंसिरमा आइपुग्दा उनीहरू सुन्तला टिपेर बजार पुर्याउने प्रबन्ध गर्न व्यस्त हुन्छन् । पाकेका सुन्तलाले बगैँचा पहेँलै भएको छ । यही मौकामा रिब्दीकोट गाउँपालिकाको आयोजनामा “रिब्दीकोट रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव- २०८१” हुने भएको छ । साेमबार रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको बैठकले दोश्रो सुन्तला महोत्सव- २०८१ गर्ने निर्णय गरेको हाे ।
छलफल कार्यक्रम रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईको प्रमुख आतिथ्यता एवं रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको बिशिष्ट आतिथ्यता तथा रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिहरुकाे उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, पाल्पामा छलफल कार्यक्रम सम्पन्न भएको छ । दुबै पालिकाको संयुक्त छलफलबाट “रिब्दीकोट रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव- २०८१” यहि मंसिर २१ र २२ गते रैनादेवी छहरा गाउँपालिका वडा न. ५ स्थित कटौजेपानी खेल मैदानमा संचालन गर्ने निर्णय गरि छलफल कार्यक्रम सम्पन्न गरिएको रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।
सुन्तला खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएकाले खेतीमा निरन्तरताका लागि प्रोत्साहन गर्न र सुन्तलाको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । दोश्रो सुन्तला महोत्सव- २०८१ लाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईको संयोजकत्वमा मुल समारोह समिती समेत गठन गरिएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष भट्टराईले स्थानीय सरकारको सहयोगले कृषकहरूलाई प्रोत्साहन मिल्ने विश्वासले महोत्सव आयोजना गरिएको बताउनुभयाे ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2024 Herirakhau
Copyright © 2024 Herirakhau
Leave A Comment