img

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरा खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

रावलपिण्डी । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ। खान दोषी ठहरिएका छन्।’खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ।

भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो।

उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ।

खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन्। ती मुद्दा उनलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी खानले गरेका छन्।

उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएकी थिइन् भनेखिएको जेलमा उपस्थित भएकी थिइन्। एएफ उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ।

शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई रापी

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post