माघ ८, २०८१ मंगलबार
पाल्पा, ८ माघ ।
इन्टरनेटको पहुँच बढेसँगै पाल्पामा पनि साइबर अपराधको दर बढ्दो छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो ।
यहाँ चालु आर्थक वर्षको पुुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार २०८० फागुन ७ देखि २०८१ पुस २९ गते सम्म साइबर अपराध सम्बन्धी ५३ वटा उजुुरी दर्ता भएका हुुन् । जसमध्ये फेसबुुक ह्याचिङ सम्बन्धी १६ र अनलाईन फ–राउण्ड सम्बन्धित ३७ उजुरी दर्ता रहेका छन् ।
साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म १७ वटा मात्र फस्र्यौट भएको प्रहरी उपरीक्षक चन्दले बताए । उनका अनुसार आर्थिक अपराध बढ्दो रुपमा रहेको छ । जसमा अनलाईन फ–राउण्ड, बैकिङ् फ–राउण्ड, लोट्री, अनलाइन सपिङ्ग सम्बन्धी केसहरु बढी छन् । सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको उपरीक्षक चन्दको भनाई छ ।
उनले प्रविधिसँगै प्रयोगकर्ता बढेको र त्योसँगै अपराधिक गतिविधि पनि बढ्दो रहेको बताए । ‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ,’ उनले भने । उनले यस्ता अपराध हुन नदिन प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानूनी दायरामा ल्याउने र साइबर ब्यूरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारवाहीलाई तीव्रता दिइएको बताए ।
साइबर अपराधका घटनाहरु पाल्पासहित देशैभर बढ्दो छन् । साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरू फरक–फरक हुने गरेका छन् । धेरै जसो फेक अकाउन्ट बन्द गर्ने, ह्याक भएको आइडी बन्द गर्दिन, सामाजिक सञ्जालबाट चरित्र हत्या सम्बन्धी, महिला तथा बालबालिकासँग जोडिएका केसहरू, यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा चाहिँ अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू धेरै आउने गरेका छन् ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं
फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 Herirakhau
Copyright © 2025 Herirakhau
Leave A Comment