अषोज ३०, २०७९ आइतबार
काठमाण्डाै – यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो ।
सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो । यस्तै, अक्टोबर १६ तारिख अर्थात आज बल्ल मनसुन बाहिरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
मनसुन बाहिरिएको औपचारिक घोषणा हुन भने बाँकी छ । हिजो प्रदेश-१ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको थियो । यसपालि मनसुन सुरु हुँदै गर्दा र मनसुनको अन्त्यतिर धेरै वर्षा भयो । मध्य मनसुनमा खासै पानी पर्न सकेन ।
मनसुनको सुरुवातका तीन महिना जुन, जुलाई र अगस्टमा औसतभन्दा कम पानी परेको थियो । त्यसले रोपाइँसमेत प्रभावित हुन पुगेको थियो । त्यसपछिका महिनामा औसतमा वर्षा भएकोमा असोज तेस्रो हप्ता भने ठूलो वर्षा भएको थियो । यो वर्षाले पश्चिमी क्षेत्रमा धेरै नोक्सानी पुर्याएको छ । मानवीयसँगै धानबालीमा पनि क्षति पुगेको छ ।
यसपालि बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर २ सय ३९ जनाको ज्यान गएको छ।
सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति भएको छ । गएको वैशाख १ गतेदेखि अस्ति शुक्रवारसम्मको तथ्याङ्क अनुसार यसपालि पहिरोका ३ सय १७ घटना भएका छन् । त्यसमा परेर ९४ जनाको ज्यान गएको छ। १८ जना बेपत्ता भएका छन्।
यस्तै, बाढीका कारण १९ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता भएका छन् । ठूलो वर्षामा परेर ८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस्तै, यो अवधिमा परेको चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् । आगलागीका परेर २७ जनाको ज्यान गएको छ । यस्तै, हुरीबतासका कारण ९ र हिमपहिरोमा परेर २ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं
फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 Herirakhau
Copyright © 2025 Herirakhau
Leave A Comment