img

टोपबहादुरले पाइप बाँड्दै गर्दा निर्वाचन कार्यालयले हान्यो छापा, पाइप जफत

अर्घाखाँचीमा टोपबहादुर रायमझीको नेतृत्वमा पाइप बाँड्दै गरेको अवस्थामा निर्वाचन कार्यालयले छापा हानेको छ ।

रायमाझीको समुहले निर्वाचन आचारसंहिता उल्लघन गर्दै मतदातालाई प्रभाव पार्न वितरण गर्न लागिएको खानेपानीको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयले जफत गरेको हो।

अर्घाखाँची मुख्य निर्वाचन अधिकृतको कार्यलयका अधिकारीसहितको टोलीले सोमबार उक्त खानेपानीको पाइप जफत गरेको हो।

टोलीले छत्रदेव गाउँपालिका वडा नम्बर–६ मा पाइप समातेको बताइएको छ। पाइप बाँड्न लैजाँदै गरेको थाहा पाएपहि गाडीलाई पच्छ्याएर टोली त्यहाँ पुगेर जफत गरेको बताइएको छ।

टोली आएको थाहा पाएपछि उनीहरुले गाडीमै पाइप छोडेर भागेका थिए ।अर्घाखाँचीबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीको समुहले उक्त पाइप बाँढ्न लग्दै गरेको फेला परेको रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिएका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post