कार्तिक २०, २०७९ आइतबार
विश्वकप खेल्न अष्ट्रेलिया पुगेका श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन्।
क्रिकइन्फोका अनुसार एक २९ वर्षीया महिलाले प्रहरीमा धुनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आइतबार पक्राउ परेका हुन्।
गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए।
ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ।
‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि दानुस्काले उनले भेटेका थिए। त्यसपछि बुधबार साँझ उसले यौन दुव्र्यवहार गरेको आरोप महिलाले लगाएकी छन्’, न्यू साउथ वेल्स प्रहरीले भनेको छ।
उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्।
प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिनानै आज स्वदेश फर्किएका छन्। अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ।
गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अष्ट्रेलियामै रहेका थिए।
सुपर १२ बाट बाहिरिएको श्रीलंकाको टोली उनी बिना नै आइतबार बिहान स्वदेश प्रस्थान गरेको छ।
नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी-२० खेलेका छन्।
धनुष्काले अहिलेसम्म ८ टेष्ट खेलमा १८.६९ को औसतमा कुल २९९ रन बनाएका छन्। यस्तै ४७ ओडीआई खेलेका उनले ४६ इनिङमा ३५.५८ को औसतमा कुल १६०१ रन बनाएका छन्। यस क्रममा उनको ब्याटले २ शतक र ११ अर्धशतक पनि प्रहार गरेको थियो।
यस्तै उनले ४६ टी–२० खेलका ४५ इनिङ्समा १६.४७ को औसत र १२०.४९ को स्ट्राइक रेटमा कुल ७४१ रन बनाएका छन्। धनुष्काको नाममा टी–२० मा ३ अर्धशतक पनि छ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं
फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 Herirakhau
Copyright © 2025 Herirakhau
Leave A Comment