img

निर्वाचन कार्यालयकै आसपासमा निर्वाचन बहिष्कार अभियान सक्रिय

नवलपरासी । निर्वाचन कार्यालयकै आसपासमा निर्वाचन बहिष्कार गर्ने पक्षले मतदाता भेटघाट तथा घरदैलोमा सक्रिय भएको पाइएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यालयमा प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन २०७९ को लागि निर्वाचन अधिकृतको कार्यालय संचालनमा छ ।

सोही आसपासमा आइतवार निर्वाचनको सक्रिय बहिष्कार गरौ भन्ने मुल नाराका साथ बहिष्कार अभियान संचालन भएको एक स्थानीयले जानकारी दिए ।

मोहन बैद्य किरण नेतृत्वको नेकपा९क्रान्तिकारी माओवादी०का नेता कार्यकर्ताले भण्डाफोर तथा बहिष्कारको आब्हान गर्दै घरदैलो गरेको पाइएको हो । बैद्य माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलको नेतृत्वमा बर्दघाट–४ नगरपालिका टोल,हरियाली नगर देवीनगर र हाटबजार क्षेत्रमा बहिष्कारको आब्हान सहित घरदैलो कार्यक्रम गरिएको थियो ।

दलाल संसदीय ब्यवस्थाका राष्ट्रघाती जनघाती उम्मेदवारहरुलाई मत दिन नहुने भन्दै नेकपा ९क्रान्तिकारी माओवादी०का नेता कार्यकर्ताले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीब्र बनाएका हुन् ।

किसान, मजदुर, भुमिहीन तथा सुकुम्बासी लगायतका वर्गलाई पटक पटक झुक्याउने प्रतिक्रियावदी संसदीय ब्यवस्थाको निर्वाचनको मतपेटिका खाली गर्नुपर्छ भन्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता घरदैलोमा ब्यस्त भएको जनाइएको छ । उनीहरुले सानो सानो समुह बनाएर मतदातालाई चुनाव बहिष्कार गर्न उर्दी समेत जारी गरेका छन् ।

आइतवारको घरदैलो कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्री , जिल्ला सेक्रेटरी छविलाल खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी०का जिल्ला संयोजक सुर्य प्रसाद सापकोटा , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला संयोजक ज्ञान बहादुर केसी, राष्ट्रिय उद्योग ब्यापार महासंघका जिल्ला संयोजक प्रेम पोखरेललगायतका नेता कार्यकर्ता सहभागी भएको बताइएको छ ।

जिल्लाको दुईवटै निर्वाचन क्षेत्रका सातै पालिकाको बिभिन्न स्थानमा भोट बहिष्कार गर्न आब्हान गर्दै अभियान संचालन भइरहेको जिल्ला सेक्रेटरी खरेलले जानकारी गराए ।

संघीय जनगणतन्त्रको संर्घषको तयारी स्वरुप क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कार लाई अभियानात्मक रुपले संचालन गरेको खरेलले बताए । सो पार्टीका बर्दघाट नगर ईञ्चार्ज समेत रहेका भण्डारीले बर्दघाट नगर अन्तरगतका बिशेष एरियाहरुमा घरदैलो संचालन रहेको बताए । आइतवार बिहान बर्दघाट ४ को मर्चाखोला , शिवालय टोल र दिउँसो हाटबजार, नगरपालिका लाइन, देवीनगर र हरियाली नगरलगायतमा कार्यक्रम गरिएको जानकारी दिए ।

जिल्लामा नेकपा ९क्रान्तिकारी माओवादी० नेकपा ९बहुमत०, नेकपा मशालले निर्वाचन बहिष्कार तथा अबज्ञा गर्दै आएका छन् । विप्लव नेतृत्वको नेकपाले निर्वाचन खारेजीको माग गर्दै कार्यक्रम गर्दै आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post