img

बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’

बीमा समितिले आज मंगलबारदेखि ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

 

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो ।

समितिमा एक कार्यक्रमका बीच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिंदैछ । बिमा समितिले गर्दै आएका काम अब प्राधिकरणमार्फत हुनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post