img

आत्महत्या प्रयासबारे प्रकाश दुतराजको स्पष्टीकरण

आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् ।

 

सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो ।

तर, दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन् ।

 

‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता, यहि कारण पनि म आफूले आफैलाई दुखि बनाउँछु ।

 

धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केहि छिन हराउँनु म मर्नु हैन नि ।’

 

उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थे र यो शरीरलाई । गलत बुझाई तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।’

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post