img

अब तीव्र गतिमा सवारी साधन चलाउनेले पनि सचेतना कक्षा लिनुपर्ने

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरुले पनि सचेतना कक्षा लिनुपर्ने जनाएको छ । तीव्र गतिमा सवारी चलाएमा नियम अनुसार जरिवाना हुनुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षामा बस्नुपर्ने महाशाखाको भनाइ छ ।

अहिले सम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post