img

ह्वाट्सएपमा समस्या, लाखौँ प्रयोगकर्ताका मोबाइल नम्बर इन्टरनेटमा सार्वजनिक

ह्वाट्सएप निकै लोकप्रिय र तुलनात्मक रुपमा सुरक्षित मानिएको मेसेजिङ एप हो । तर यसमा पनि विभिन्न खाले सुरक्षा त्रुटि तथा बग पाइन्छन् । बग भनेको कुनैपनि सफ्टवेयरको डिजाइन, विकास तथा सञ्चालनमा देखा पर्ने त्रुटि तथा कमजोरी हो जसले प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनियतामा समेत गम्भीर जोखिम पैदा गर्दछ ।

पछिल्लोपटक ह्वाट्सएपमा समेत यस्तै ठूलो त्रुटि फेला परेको छ जसका कारण लाखौँ प्रयोगकर्ताका मोबाइल नम्बर इन्टरनेटमा सार्वजनिक भएका छन् । ह्वाट्सएपमा पत्ता लागेको उक्त बगका कारण प्रयोगकर्ताका मोबाइल नम्बरहरु इन्टरनेटमा असरल्ल बनेको र त्यस्ता नम्बरका बारेमा जो कोहीेले थाहा पाउन सक्ने भएको छ ।

एकजना भारतीय इथिकल ह्याकरले ह्वाट्सएपको उक्त बग पत्ता लगाएका हुन् । आफुले यस विषयमा ह्वाट्सएपलाई इमेल गरेर जानकारी गराएको तर कम्पनीले यसलाई सुरक्षा त्रुटि नमानेको उनको भनाई छ ।

लाखौँ ह्वाट्सएप प्रयोगकर्ताको व्यक्तिगत जानकारी मध्येको एक मोबाइल नम्बर इन्टरनेटमा सार्वजनिक हुँदा त्यसको फाइदा ह्याकर तथा साइबर अपराधीलाई पुग्न सक्दछ । समाचार अनुसार ह्वाट्सएप क्रिएट कल लिंक फिचरको प्रयोग गर्ने ह्वाट्सएप प्रयोगकर्ताको मोबाइल नम्बर इन्टरनेटमा प्राप्त गर्न सकिन्छ ।

क्रिएट कल लिंक फिचरको सहयोगले प्रयोगकर्ताले अन्य ह्वाट्सएप प्रयोगकर्तालाई कल लिंक पठाएर भ्वाइस वा भिडियो कलमा बोलाउन सक्दछन् । उक्त बगका कारण ह्वाट्सएप च्याट शेयर गरिएको लिंकवाला मोबाइल नम्बर पनि गुगलमा सजिलै भेटाउन सकिने भएको छ । एजेन्सीको सहयोगमा

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post