img

संघीय सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण

संघीय सरकारले बुधबार गएको भूकम्पबाट भएको क्षतिको विवरण स्थानीय सरकारसँग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । २३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको मृत्यु भएको विवरण आएको छ ।

भौतिक क्षतिको विवरण आइसकेको छैन । मन्त्रालयले स्तानीय तहमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, गैर सरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्रसमेतको एकीकृत परिचालन गरी एकद्वार प्रणालीबाट खोज, उद्धार र राहतमा जुट्न समेत अनुरोध गरेको छ । यस काममा समन्वय र सहजीकरण आवश्यक भए मन्त्रालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post