img

कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी, कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी सप्तकोशी नगरपालिका-९ कमलपुर गाउँ बस्ने ४५ वर्षीय बिशेश्‍वर खंगलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरीको २०७६ असोज २ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खोजी गर्ने क्रममा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएकोमा अदालको आदेशले कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post