img

स्रोतमै फोहोरको वर्गीकरण गर्न महानगर असफल

काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गर्न असफल भएको छ । स्रोतमै फोहोरको वर्गीकरण गर्ने भन्दै महानगरले गत १ साउनमा सूचना निकालेको थियो । तर सूचना निकालेको ५ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेन ।

महानगरका मेयर बालेन्द्र साह(बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल ठाउँ अभावका कारण उक्त कार्यले निरन्तरता पाउन नसकेको दावी गर्छन् । खुला स्थान अभावका कारण केन्द्र सरकारसँग एकै स्थानमा कम्तिमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन माग गरिएको उनले बताए ।

‘सरकारले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ । जग्गा प्राप्त भएसँगै कुहिने र नकुहिने फोहरको स्रोतमै वर्गीकरणको काम पुनः सुरु हुन्छ, आशा छ नयाँ सरकार गठन भएसँगै उक्त कार्यले पूर्णता पाउने छ,’ लम्सालले भने, ‘महानगरलाई कानुनीरुपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अधिग्रहण गर्ने अधिकार छैन । त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको हो ।’

स्थान पहिचान भएसँगै महानगरले कुहिने फोहरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा बिसर्जन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी महानगरको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट दुई सय गाडीले फोहर ओसार्छन् ।

काठमाडौं उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न थालिएको हो । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउन कहिले स्थानीयको अवरोध त कहिले सडकका कारण समस्या सिर्जना हुँदै आएको थियो । आगामी दिनमा प्रभावकारीरुपमा फोहरको दीर्घकालीन समाधानका लागि स्थान पहिचान गरी कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि उक्त कार्यले पूर्णताः पाउन सकेको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post