मंग्सिर २२, २०७९ बिहिबार
काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ ।
त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्याली निकालिएको थियो । र्यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए । सो र्याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताए । त्यसै अन्तर्गतको ज्यापु समुदायले नेपालमा मौलिक कला, संस्कृति र कला कौशलको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रशंसा गरे । तिनलाई जोगाउनु सबैको कर्तव्य भएको पनि उनले बताए । नेपाल सरकारले ज्यापु संस्कृतिको विकासका लागि अक्षय कोष स्थापना गरेको जानकारी पनि उनले दिए ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं
फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 Herirakhau
Copyright © 2025 Herirakhau
Leave A Comment