img

चितवनको कालिकाबाट १६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ

चितवनमा प्रतिबन्धित लागुऔषध गाजाँसहित दुर्ई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका ११ मझवाङ बस्ने बर्ष अन्दाजी ४० को बुद्धि बहादुर चेपाङ र बिनोद चेपाङ हुन् ।

प्रहरीले उनीहरुको घरबाट गाँजा बरामद गरिएको जनाएको छ । बुद्धि बहादुर चेपाङको घरमा ८.७२६ किलो र बिनोद चेपाङको घरबाट ७.९१८ किलो गरि १६ किलो ६४४ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनीहरुलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post