img

बुटवलमा औद्योगिक जनचेतना र्‍याली

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका पुस ७ गते विहिवारबाट बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को पूर्वसन्ध्यामा बुधवार बुटवलमा औद्योगिक जनचेतना र्‍याली निकालिएको छ ।

प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिएको औद्योगिक जनचेतना र्‍यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायतले सहभागिता जनाएका थिए ।

यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहेको औद्योगिक जनचेतना र्‍याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए ।

प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा पुगेर र्‍याली समापन हुने छ ।

प्रदर्शनीको पुस ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको सजावटको काम ६ गते पुरा गरिने छ भने मण्डपको सुरक्षा व्यवस्था मजबुत बनाइएको जनाइएको छ ।

प्रदर्शनी मूल आयोजक समिति रूपन्देही उद्योग संघले प्रदर्शनीको भौतिक निर्माणको काम सकेर सजावटको काम सुरु भएको जानकारी गराएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले स्टल दर्ता तथा वितरण गरिएको र तयारी पूरा भएको जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post