img

सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ।

 

बुधबार तोलामा आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।

 

बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post