img

नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

नेपाली यु-२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ ।

नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५-२१ ले गुमायो ।

बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ सम्म चल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।

नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुस ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post