img

आज बुटवलमा नेपथ्यको लाईभ कन्सर्ट

नेपथ्य ब्याण्डले आज बुटवलमा लाईभ कन्सर्ट गर्दैछ । बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा कन्सर्ट हुने भएको हो । ६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको थियो ।

टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्यालले फूलमालासहित स्वागत गरेका थिए ।

मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीका अनुसार कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको छ । ६ हजार सहभागीहरु अट्ने गरि मैदानको व्यवस्थापन गरिएको अधिकारीले बताए ।

खेल मैदानको क्षमतालाई मध्यनजर गर्दै बुटवलको कन्सर्टका लागि ६ हजार थान टिकट मात्र वितरण गरिएको मानव सेवा आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले बताईन् ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बुटवलका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको लुम्बिनी प्रदेशस्थित संयोजक सरु अधिकारीले बताईन । कन्सर्टको लाभांशले मानवता प्रवद्र्धनका साथै बुटवलमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरी यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

आज अपरान्ह ४ बजेबाट ८ बजेसम्म नेपथ्यका प्रमुख भोकल अमृत गुरुङ सहितको टोलीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post