img

बालकोट नगई खुमलटार मोडिए प्रचण्ड

बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ्नै घर फर्किएका हुन् ।

 

यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

उनले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने सुनाएका थिए । त्यसपछि प्रचण्डले पार्टी पदाधिकारीहरुलाई गठबन्धनमा संकट आएको बताएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post