img

कसैलाई भेटेपछिकाे मेरो जिन्दगी …

मैले आफ्नो जिन्दगीमा नयाँ जिन्दगी सुरू भएको आभाष गरेको दिन .

मङ्सिर महिना एक हिसाब ले पन्चेबाजा को महिना साझ को बेला

भर्खर Bachelor सकेको भएतापनी विगतकाे जिन्दगीको भाेगाइ अनि भविष्यको अन्योलताले सताइरहेको थियो। दिनभर को थकान , उदास अनि शंका, उपशंका, बेचैनी, छट्पटी, एक्लोपन र अन्योलताले भरिएको मनसँगै मोबाइल चलाइरहेको थिएँ। मनमा धेरै कुराहरू खेलिरहेका थिए।

सपनाजस्तो जिन्दगी बिताइरहेको थिएँ। जिन्दगी कता जाँदैछ अनि के हुँदैछ थाहा थिएन। निन्द्रा, भाेककाे महसुुस हुन छाडिसकेकाे थियो। मेरो सबथोक मात्र मोबाइल अनि ल्यापटप थियो। म सधैं झैं मोबाइल चलाइरहेका थिएँ ।फेसबूकमा एउटा कलेजको पेज मा Congratulations वाला पोस्ट देखे अनि त्यो पोस्ट मा भएको फोटो मा मेरो नजर गयो धेरैपछि मन खुसी भएको थियो ।

त्यहाँ भएको एउटा नाम सर्च गरे अनि मैले रिक्वेस्ट पठाएँ तर मैले सोचेअनुसार रिक्वेस्ट एसेप्ट भएन । उसकै कलेजमा मेरा साथीहरु नि पढ्ने गर्थे म उनिहरु लाई भनेर उस्लाई रिक्वेस्ट एसेप्ट गर्न भन्न लगाए र रिक्वेस्ट एसेप्ट भयो र कुराकानी सुरु भयो ।

मैले: हेलो

उनि: हजुर

मैले: के छ सन्चै ?

उनि: हजुर मलाई चिन्नु हुन्छ

मैले: उम्म चिन्छु नि …. यस्तै गर्दै कुराकानी आगाडी बडयो

एक दिन बिहान  7 बजेतिर मैले मेसेज गरें। कुरा हुँदै गयो। ह्वाट्स एपमा नि साथी भयौं हामी।मैले मनमा उनीसँग जिन्दगी बिताउने सपना देखिसकेकाे थिएँ।मलाई उनको सरलता, मेहनती, व्यवहार र उनको गोलाकार अनुहारले मन लोभय्एको थियो , हतार नै गरेर मैले उनलाई आफ्नो मनकाे कुरा भनिदिएँ। सायद उनले एउटा साथी,मार्गदर्शक खाेजेकी थिइन्, तर मलाई साथी मात्र बन्नु थिएन।

मनमा लागेकाे सबै कुरा भनिदिएँ। मलाई थाहा छ, याे धेरै चाँडै थियो तर हरेस खाएको मेरो मनले कुरा थाम्न सकेन। सायद उनले तेस्तै कुरा पहिले धेरै सुनिसकेकाे हुन सक्छ अनि मेराे हतासले नि हुन सक्छ म फेसबुकबाट ब्लक भएँ। ह्वाट्सएपमा कुरा भयाे, किनकि म उनीसँग कुरा नगरी बस्न सक्दैन थिएँ। मैले फेसबुकमा अनब्लक गर्न भनें उनले नि गरिन्।धेरै कुरा हुँदैनथ्यो हाम्रो।

म उनको कुराहरु एकदमै सकारात्मक भेट्थे | उनको सोच एकदमै राम्रो थियो त्यसअर्थमा पनि म उनि प्रति आकर्षित हुदै थिए | हाम्रो मित्रता सुमधुर हुदैथियो | उनि र म यति नजिक भयौ कि त्यो मित्रता कति खेर मायामा परिणत भयो पत्तो भएन | हामी च्याटमा रमाउथियौ | सुरु-सुरुमा मिठा-मिठा कुराहरु त्यसपछि माया पिरती कुरा गर्थियौ | यस्ता यस्ता बात गर्दै समयहरु बिताउ थियौ |

यो लामो रातको समय पनि कति थोरै लग्थियो | जब बिहान हुन्थियो लागि रहन्थियो कहिले साझ हुन्छ अनि फेरी त्यो च्याट गर्ने समयको आउछ भनि, साझको पर्खाइमा मेरा हरेक दिन बित्न थाल्यो | उनको आइडी कति खेर अनलाइन आउछ भन्दै म बेला बेलामा हेरी रहन्थिये | जब ढिलो हुन्थियो मनमा अनेक किसिमका भावनाहरु खेलिहल्थियो, के भयो होला, किन ढिलो गरेको होला, कतै केहि त भएन तर मेरा यस्तो सोचइलाई, उनको “हाइ”ले भंग गरिदिन्थियो |

अनि आउथियो मेरा रमाइला पलका क्षणहरु, सुरु हुन्थियो मायाका कुराहरु, महान् जोडीहरुका प्रेम कथाहरु | म मेरो घर परिवार, मेरा बा आमा सबैलाई बिर्सिन्थ्ये, यति मात्रै नभएर धेरै पल्ट खाना खान पनि बिर्सिन्थिए | सोच्थे माया नै हो सबैथोक, सबैकुरा र यसलाई कसैले रोक्न सक्दैन | तर मलाई सबैभन्दा ठुलो डर थियो कतै उनले मलाई छोडेर जाने हुन् कि भनेर,| प्रेममा एक किसिमको शक्ति हुन्छ, यस्तै यस्तै सोचेर मेरा मनका भावनाहरुलाई शान्त पार्थे | यो मेरो पहिलो प्रेम थियो |

मेरो जिन्दगीमा एकपछि अर्को समस्या आइरहेको थियो, सायद जिन्दगीको कथामा तेस्तै थियो। मैले सबै कुरा सुनाउन मिल्ने उनी मात्र थिइन् मेराे साथमा। म उनले के साेच्लिन्, के जवाफ आउला भन्ने मनमा आउँदैनथ्याे। मलाई लाग्थ्यो उनी मेरी हुन्।बिना कारण मन पराएकाे मैले उनलाई तर उनले कारण साेधेकाे साेधै गरेपछि म पनि कारण खाेज्न थालें। धेरै कारणहरू साेच्न थालें अनि मनमा झन् माया बढ्न थाल्यो। साँच्चै मैले कसैकाे बारेमा यति धेरै कहिल्यै नि साेचेकाे थिइनँ।

यति धेरै रिस उठ्ने मलाई अहिलेसम्म उसँग रिस उठेको छैन। उसकाे एउटा म्यासेजले सब कुरा बिर्सिने गर्छु म।उनी टाढा थिइन्, सोच्थे समय आए पछी भेट हुन्छ होला | मैले सुनेको थिए “धैर्यता प्रेमको महान गुण हो” धैर्यता नै मायाको प्रतिक हो भनेर | मन बहकिने गर्दथियो कता-कता टाढा पुग्थियो | त्यसैले त्यो दिन आउने पर्खाइमा तड्पिन थाले | भबिष्यको कुरा सोच्न पुग्थे | मेरो सोचाइ कहाँ सम्म थियो भने, मेरो प्रेम सफल हुन्छ अनि यो सफल प्रेमलाई सुमधुर सम्बन्धमा जोड्ने छु |

उनिलाई सधैको लागि आफ्नो बनाउछु तर अचानक एकदिन उनि च्याटमा आइनन् | सोचे कतै विशेष कम पर्यो होला | भोलि आउछिन अनि सोध्छु भन्दै त्यो रात चित्त बुझाएर सुते | अर्को दिन पनि उनि आइनन् | मन छातपट्टि भयो | निन्द्रा लागेन, किन लागोस पनि जानी नजानी प्रेममा बाधिएको यो मन अनि त्यै पनि पहिलो प्रेम कहाँ चित्त बुझाउन सकिंदो रैछ र ? जति निदाउन प्रयत्न गरे पनि नसक्दा त्यो रात म सँग हरेर बिहान भै सकेको थियो |

त्यसदिन मलाई निक्कै दिक्क लगेको थियो, आफ्नो जिउ आफैलाई भारी भएर आएको थियो | त्यसै-त्यसै गीतहरुको धुनमा आफुलाई कल्पनामा डुबाएर बिताउन थाले | साझ पर्दैथियो म अनलाइन गएर उनि आउने प्रतिक्षामा बसिरहेको थिए तर साझ सकिएर रात ढल्कदै थियो | अह ! उनि आइनन्, रुन मन लाग्यो मन भित्र आशु झरिसकेको थियो तर आखामा दर्साउन भने सकिन | अफलाइन म्यासेज पठाए, च्याट छोडेर नम्वर डायल गरे तर फोन ब्लक थियो | धेरै पल्ट प्रयास गरे तर लागेन | त्यो नम्वरमा सन्देश पठाए, उतर आउला कि भन्दै मोबाइल बारम्बार हेरे

एक दिन उनले मलाई भनेकी थिइन्,‘ कहिल्यै नसोचेको कुराहरू पाएँ Thank you so much!’ मैले उनलाई गाइड गरेको थिएँ। अनि मलाई भन्न मन लागिरहेको थियो, जिन्दगी भर गाइड गर्नेछु । फेरि उनले भनिन्, ‘हजुरको गर्लफ्रेन्ड कति लक्की हुन्छिन होला।’ तर मलाई गएको कुरामा मतलब थिएन। अनि मनले भनिरहेको थियो तिमी चाहिएको छ अब।

म धेरै भावुक मान्छे, जहिले एउटै कुराले सताइरहेको हुन्छ कि म दूरीकाे हिसाबले उसँग यति नजिक नजिक हुँदा नि केही गर्न सकेकाे छैन भनेर।उसकाे घरमा गाराे छ, बाहिर निस्किन त्यति मिल्दैन अनि बाहिरबाट सामान लग्न नि ! एक दिन मैले उसलाई गिफ्ट दिन सोचेको थिएँ, अनि मैले सोधे तिम्रो लागि केहि गिफ्ट छ कैले भेट्ने ?

नाही मलाई अप्ठ्यारो हुन्छ,अनि हजुरलाई मैले पहिले नै भनेको थिएँ भनिन्।मैले अन्तिम पटक लगिदेऊ भनेर अनुरोध गरें। उनी रिसाइन्। मलाई लागेको थियो उनी जति रिसाए नि भेट हुन्छ । मेराे मनमा अनेकौं कुराहरू खेल्दै थिएँ, मलाई आफैंसँग रिस उठिरहेको थियो, मैले उनको समस्या बुझेनँ भनेर।

त्यसपछि अर्को दिन कुरा भयो उनले नि कुरा बुझिन्। अहिले हाम्रो पहिलेको जस्तो कुरा हुँदैन। उनको परीक्षा नि आउँदैछ त्यही कारणले मलाई नि सताउन मन लाग्दैन। कहिलेकाहीँ उनको म्यासेज आउँछ अनि म सब बिर्सिन्छु फेरि सताउन मन लाग्छ अनि फोनमा कुरा गर्न मन लाग्छ।

मेरो रातिको काम हो, दिनभरि एक्लै कोठामै हुन्छु। काम बिशेस ले म उनको घर को बाटो हुँदै जानु पर्ने थियो मलाई उनको गाउको नाम त थाहा थियो तर घर थाहा थिएन तर सम्योग भनउ कि के भन्हु मलाई उनको घर तिर जादा मन मा छुटै आभस भएको थियो अनि मैले केहि तस्बिर लिगेको थिए र मेरो अनुमान आनुसर उन्को घर नि मिल्यो यो सम्योग भनउ कि ससुराल को पहिचान !!!

Valetine Week को समयमा जिन्दगी को पहिलो प्रेम दिवस हर्स उल्लास को साथ मनाहुन्छु सोचेको थिए तर आकासको फल आन्खा तरी मर जस्तै भयो…म उनको त्यो रसाएको नयनमा आफू घन्टाैं हराएको थाहा नै पाउँदिनँ। अनि लजालु नजर अनि निधर मा कालो टिकी धेरै सुहाउँछ उनलाई। भविष्यको त केही थाहा छैन तर म वर्तमानमा उनीसँग धेरै खुसी छु। सपनाहरू त धेरै छन् तर नि के हुन्छ थाहा छैन।

सायद एकतर्फी माया भएर होला मलाई झन् आनन्द आएको छ अहिले किनकि मलाई लाग्छ यदि दुई तर्फबाट माया भएको भए म उनको बारेमा यति धेरै सोच्ने थिइनँ होला अनि एक्लै यति धेरै सपना देख्ने थिइनँ होला।

मैले उनी मेरै हुनुपर्छ भन्ने नि सोचेको छैन, उनको जिन्दगी जहाँ जाेसँग भए नि खुसी हुनुपर्यो। मेरो सपना छ यदि मेरी भइन् भने जतिसुकै दुखबाधाहरू आए पनि साथ कहिल्यै नछुटाेस्। अनि जिन्दगीमा उनले सोचेको सपनामा मैले सधैं साथ दिन पाऊँ। मलाई लाग्छ माया गर्ने मान्छेको साथ भयो भने जिन्दगीमा सोचेको सबै कुराहरू पूरा गर्न सकिन्छ, समय लाग्न सक्छ तर पूरा चाहिँ गर्न सकिन्छ।

प्रणय दिवसको शुभकामना प्यारि !!!

धेरै माया.

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post