img

गगां शेरचन हत्या प्रकरण : ३ अभियुक्त कारागार चलान

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका-७ वामीमा एक महिलाको हत्या आरोप लागेका ३ अभियुक्त पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते हत्या भएको थियो । शेरचनको शव उनकै होटलभित्र फेला परेकी थिइन् ।

उनको हत्या आरोपमा बाग्लुङको बडिगाड गाउँपालिका-७ का थम्मनबहादुर घर्ती, मकवानपुर घर भई काठमाडौंको चन्द्रगिरी नगरपालिका-१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोक घर भई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-७ बस्ने शिवबहादुर तामाङ पक्राउ परेका थिए ।

उनीहरु जिल्ला अदालतमा थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको र हाल जिल्ला कारागार गुल्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

होटल सञ्चालक शेरचन मृत भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले गत फागुनमा थम्मनबहादुर घर्तीलाई पक्राउ गरेको थियो ।

उनले तीनजना मिलेर हत्या गरेको बयान दिएपछि लोकबहादुर दर्लामी र शिवबहादुर तामाङ २८ चैतमा धुलिखेलबाट पक्राउ परेका थिए । उनीहरुको बयान अनुसार हत्यामा संलग्न अझै एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post