img

संखुवासभा हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, चारजना घाइते

संखुवासभाको भोटखोलामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय ५० वर्षीय भविन गुरुङको मृत्यु भएको हो । संखुवासभाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र गोदारका अनुसार उनको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको हो।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर घाइते भएका छन् । घाइते चार जनालाई काठमाडौं लगिएको उनले बताए ।

दिउँसो भोटखोला गाउँपालिका ४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post