img

अत्यधिक गर्मीले सर्लाहीको जनजीवन प्रभावित

सर्लाही । सर्लाहीमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । बिहान घाम झुल्केदेखि नै तातो हावा चल्ने हुनाले जनजीवन प्रभावित भएको हो ।

दिउँसो पश्चिमा तातो वायुले घरबाहिर अनुहार पोल्ने भएकोले सर्वसाधारण दिउँसो घरबाट बाहिर निस्कन पनि डराउन थालेका छन् । अत्यधिक गर्मीले जनजीवन प्रभावित हुन थालेपछि यसको असर अन्य क्षेत्रमा पनि परेको देखिएको छ ।

यहाँ विगत ३ दिनदेखि यसरी असाध्यै बढी गर्मी महसुस भइरहेको हो । अघिल्ला दिनहरुमा पनि गर्मी हुने गरेकोमा गयको सोमबार देखिको गर्मी खप्नै गाह्रो परिरहेको सर्वसाधारण बताउँछन् । बाहिर हिँड्दा चर्को घाम र घरभित्रै बस्दा घर तातेर बस्न सक्ने अवस्था छैन् ।

गर्मीले मानिस असिनपसिन भएर बसेका छन् । दिउँसो सार्वजनिक यातायातहरू ई रिक्सा, बस तथा म्याजिक जिपमा यात्रा गर्नेको संख्या कम भएको यातायात ब्यबसाइहरु बताउ छन् । यसै गरी साइकल तथा मोटरसाइकल चढ्नेको संख्या पनि कम भएको देखिएको छ ।

अत्यधिक गर्मीले गर्दा दिउँसो घरबाट बाहिर निस्कन गाह्रो भएको स्थानिय राजेश थापाले बताय । यो वर्ष जमिन भिज्ने गरी बेस्सरी वर्षा नै हुन नसकेकाले असाध्य गर्मी महसुस भइरहेको सर्वसाधारण बताउँछन् । अहिले शित्तलताको खोजीमा भौतारिनुपर्ने अवस्था छ ।

यो गर्मीमा घरबाहिर निस्कनुपर्ने किसान तथा मजदुर, विद्यार्थीलगायत झन बढी प्रभावित बनिरहेका छन् । जिल्लामा पानी पर्दा एक÷दुई दिन शित्तल भएपनि त्यसपछि पुनः हपक्क भएर गर्मी बढ्ने गर्छ ।

गर्मीले मानिस बिरामी नै पर्ने अवस्था छ । चिकित्सकले यो बेला प्रशस्त पानी पिउन र तातो हावा चलेको तथा चर्को घाम लागेका बेला बिरामी, ज्येष्ठ नागरिक तथा बालबालिका र सुत्केरीलाई सकेसम्म घरभित्रै बस्न लालबन्दी मोडेल हस्पिटलका डा. अमलोक कूमार कूशूवाहा सुझाव दिएका छन् । आवश्यक नभई सर्वसाधारण बाहिर ननिस्कँदा बजार सूनसान बनेको छ ।

अत्यधिक गर्मी बढ्दा व्यापार तथा व्यवसायमा पनि प्रभाव परेको छ । दिउँसो गर्मी हुने हुँदा गाउँबाट बजार पुग्ने मानिसको संख्या निरन्तर कम भएको उद्योगी व्यवसायीले बताएका छन् । अहिले विवाहको सिजन सुरु भए पनि अपेक्षाकृत व्यापार निकै कम भएको देखिएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीले बताए।

गर्मी बढ्दा हल्का पेय पदार्थ र चिसोको बिक्री बढेको पाइएको छ । अत्यधिक गर्मी बढेसँगै साधारण चिसो पेय पदार्थको व्यापारमा भने वृद्धि भएको छ ।

तराई मधेशमा पछिल्ला वर्षहरुमा वन विनाश, अवैध उत्खनन र मनपरी बढेमानका संरचना निर्माण गर्दा गर्मी बढेको तर्क बुढापाकाहरुले गर्ने गरेका छन् । झुरुप्प बस्ती भएका ठाउँहरुमा झन बढी गर्मी छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post