img

भाइले गरे दाइको हत्या

३० जेठ, काठमाडौं। काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । गएराति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए। उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

गएराति घरमै दाजु–भाइबीच झगडा परेको थियो। झगडाको क्रममा राति १२ बजे भाइ सुरजले दाइ सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेका थिए। घरका अन्य सदस्यहरु सुतेकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा पाएनन्। आज बिहान ८:२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै जनसेवाका डिएसपी भेषराज रिजालको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post