जेठ ३०, २०८० मंगलबार
३० जेठ, काठमाडौं । फ्रान्सको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार फरवार्ड किलिएन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ । एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई यही समर सिजनमा बेच्ने तयारी गरेको हो ।
पीएसजीसँग एमबाप्पेको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ । २४ वर्षीय एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने समयसीमा ३१ जुलाइसम्म मात्र छ । तर एमबाप्पेले आफूले सम्झौता नवीकरण नगर्ने जानकारी क्लबलाई गराइसकेको बीबीसीले उल्लेख गरेको छ ।
पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पेलाई अर्को सिजन फ्री ट्रान्सफरमा पठाउनुभन्दा सम्झौता अवधि सकिनुअघि नै बेचेर पैसा कमाउने पीएसजीको मनसाय छ ।
एमबाप्पेले सन् २०१८ मा फ्रान्सबाट विश्वकप जितेका थिए । गत वर्षको विश्वकपमा भने एमबाप्पेको टिम अर्जेन्टिनासँग फाइनलमा पराजित हुँदै उपविजेता बन्यो ।
एम्बाप्पेलाई केही समययता स्पेनिस क्लब रियल मड्रिडले पछ्याइरहेको छ । रियलले गत वर्ष गरेको प्रस्ताव भने एम्बाप्पेले अस्वीकार गर्दै पीएसजीमै बसेका थिए ।
करिम बेन्जेमा साउदी क्लब अल इत्तिहादमा गएपछि रियल अहिले स्ट्राइकरको खोजीमा छ । रियलको नजर इंग्लिस फरवार्ड ह्यारी केनमा पनि छ ।
सन् २०१७ मा एमबाप्पे मोनाकोबाट लोनमा पीएसजी गएका थिए र पछि पीएसजीमा स्थायी रुपमा अनुबन्ध भए । उनले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरिसकेका छन् ।
एमबाप्पे पछिल्लो पाँच सिजनदेखि लिग वानको सर्वाधिक गोलकर्ता छन् भने पीएसजीमा ६ सिजन बिताउँदा पाँच लिग उपाधि जितेका छन् । यस्तै उनले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् ।
पीएसजीले एमबाप्पेसँगै नेमार र लियोनल मेसी जस्ता खेलाडी भित्र्याए पनि च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।
मेसी पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा जाने पक्का भइसकेको छ । सर्जियो रामोसले पनि पीएसजी छाडिसकेका छन् । एमबाप्पेले छाडे उनी क्लब छाड्ने मेसी पछि दोस्रो ठूलो स्टार हुनेछन् ।
पीएसजीको गत सिजन फ्रन्टलाइनको तीन स्टारमध्ये एक नेमार पनि साउदी अरेबिया जाने चर्चा छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं
फेसबुक पनि जोडिन सक्नुहुन्छ ।
हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 Herirakhau
Copyright © 2025 Herirakhau
Leave A Comment