img

प्रहरी अझै नागरिक मैत्री भएको छैन : महानिरीक्षक कुँवर

 नेपाल प्रहरीका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीमा नवनिर्मित भवनहरुको उद्घाटन गर्नुभएको छ । नवनिर्मित कार्यालय प्रमुखको निवास, सिनियर अधिकृतहरुको आवास र जवानहरुको ब्यारेकको तथा हिरासत गृहको उद्धघाटन् गर्नुभएको हो । उद्घाटन समारोहलाई  सम्बोधन गर्दै प्रहरी महानिरिक्षक कुँवरले नेपाल प्रहरी अझै नागारिक मैत्री हुन नसकेको बताउनुभएको छ  ।

उहाँले भन्नुभयो,-‘नेपाल  प्रहरीको  तल देखि  माथी  सम्म  अझै  पनि  व्यवहार र वातावरणका  दृष्टिले  हामी  नागारिकमैत्री  हुन  सकेका  छैनौ । यसतर्फ प्रहरीको सबैतहले ध्यान दिनुपर्छ ।’ त्यस्तै  प्रहरीले  पछाडी  परेका बर्ग समुदायको  न्यायको  पक्षमा लाग्न  मातहतलाइ  निर्देशन समेत दिनुभयो ।


त्यस्तै उहाँले दलित, सिमान्तकृत महिलालाई प्रमुख केन्द्रमा राखेर सेवा प्रवाह गर्नु पर्ने र उनिहरुको न्यायको पक्षमा  सहयोगी बन्न मातहतका प्रहरी संगठनलाई निर्देशन दिनुभयो ।  पछिल्लो पाँच बर्ष यताको सरकारले प्रहरी संगठनका आधुनिक सुविधा सम्पन्न भवनहरु निर्माण सुरु गरेको र देशभरमा दुई तिहाई  प्रहरी इकाईका भवनहरु निर्माण भएको  बताउँदै त्यसका बाबजुद पनि एक तिहाई प्रहरी छाप्रोमा बस्न बाध्य भएको उल्लेख गर्नुभयो ।

महानिरीक कुँवरले कहि कतैबाट निर्देशित भई काम गर्दा अनुसन्धानमा चुकिने र न्याय दिन नसकिने हुँदा अझै पनि प्रहरीलाई नागरिकले हेर्ने दृष्टिकोण सकरात्मक हुन नसेको बताउँनुभयो । प्रहरी महानिरक्षकको जिम्मेवारी सम्हाले पछि गृह जिल्ला अर्घाखाँची पुग्नका लागि  आउनु भएका कुँवरले  भन्नुभयो-‘म त मेरो जिल्ला अर्घाखाँचीको माटो छुन हिडेको थिए तर यहि क्रममा बुटवल ईलका प्रहरी कार्यालय र गुल्मी जिल्ला प्रहरीले यो अवसर पनि दिएकोमा म धन्यवाद दिन चाहन्छु ।’


नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष तथा महानिरक्षककी धर्मपत्नी लक्ष्मी कुँवर बिशिष्ट अथिती रहेको कार्यक्रमको  आकषणर् गुल्मी प्रहरीहरुको कला कौशल र शिष्टचारी शैली देखिन्थ्यो । चिटिक्क सिंगारिएको प्रहरी परिसर भित्र महानिरक्षक प्रवेश गर्न साथ सर्वधारणलाई समेत गर्वित गराउने गरी महानिरक्षक सम्मान गारदको परिदृश्यमा सर्वसाधरणको बढि आकर्षण देखिन्थ्यो ।

कार्यक्रममा अन्य बिशिष्ट अतिथीका रुपमा रेसुङ्गा नगरपालिका उपमेयर अमृतादेवि कुँवर, जिल्ला न्यायधिश बसन्तराज पौड्याल, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शुभकामना मन्तब्य राख्नुभएको थियो ।  समारोहमा भवन निर्माण प्रािवधिक प्रतिवेदन प्रस्तुत गर्दै  लुम्विनी प्रदेश प्रहरी कार्यालयका ईन्जिनियर डिएसपी ध्रुर्व अधिकारीले २०७६ सालमा सुनिल समिर कन्ट्रक्सन निर्माण कम्पनीसँग प्रहरीले ६करोड बढि लागतमा चार वटा संरचना निर्माण गरिएको र आवास भवन देखि हिरासत कक्षसम्म  आधुनिक सुविधा सम्पन्न रहेको  बताउनु भएको थियो ।  भवनको उद्घाटन पछि महानिरक्षक कुँवरले अवलोकन गरी भवन निर्माण कार्य निकै राम्रो भएको बताउनुभएको थियो ।

समारोहमा त्यस निर्माण कम्पनीका प्रमुख नारायणप्रसाद पोखरेल सहित विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउनेहरुलाई महानिरक्षक कुँवरले सम्मान गर्नुभएको थियो । जिल्ला प्रहरी प्रमुख  एसपी नविनकिशोर प्रधानको  अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिएसपी डिल्लीनारायण पाण्डेको स्वागत मन्तव्य र सहायक प्रहरी निरीक्षक निरन्जन घिमिरेको सञ्चालन रहेको थियो

तपाईलाई यो खबर कस्तो लाग्यो

हेरिराखौ डट कम अनलाइन पत्रिकाले खोजमुलक समाचार, अन्तर्वार्ता ,सत्य–तथ्य ,निष्पक्ष र सन्तुलित र समाचार सामाग्री सम्प्रेषण गर्दै निरन्तर आवाविहिनको आवाज उठाउँदै सत्यको पक्षमा लडिरहने छ । यस अनलाइन पत्रिकाले जनताका आकांक्षा पुरा गर्न अझ सशक्त भई समाजका विकृति र घटनालाई चिरफार गर्दै निरन्तर फलोअप र निगरानी साथ निती– निर्माता र सरोकारवालानिकायलाई अनलाइन पत्रिका प्रकाशनको माध्यमबाट दबाब र रचनात्मक सहयोगमा हाम्रो टिम हरपल तयार रहिरहने छौं । हामीसँग तपाईं फेसबुक पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post