राष्ट्रिय

पाल्पामा स्कुटर अनियन्त्रीत भई पल्टिँदा १ जनाको मृत्यु

बुटवल । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।   रामपुर नगरपालिका वडा नम्बर १० बर्दलेमा सोमबार बिहान स्कुटर दुर्घटनामा परेर स्थानीय ४० वर्षीय यामबहादुर खरुको मृत्यु भएको हो । खरुले चलाएको लु ४४ प २४३१ नम्बरको स्कुटर सडकछेउको पोलमा ठोक्किएर पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालका बताए । कालीगण्डकी करिडोरअन्तर्गत बर्दलेबाट रामटारतर्फ जाने क्रममा बिहान ८ बजेर ५५ मिनेटमा स्कुटर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएका खरुलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply