राजनीति

रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।धरानमा पानीको हाहाकार भइरहेपछि उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं उत्रिएका हुन् ।खानेपानी समस्या समाधानका लागि सरकारले प्रबन्ध नगरेको भन्दै मेयर साम्पाङ रुष्ट छन् । उनी यस्तो अवस्थामा खानेपानीमन्त्री यादव र प्रधानमन्त्री ओलीलाई भेट्न रित्तै गाग्री लिएर आएका हुन् ।

उनी मंगलबार उक्त रित्तो गाग्रीसहित प्रधानमन्त्रीसहितलाई भेट्न सिंहदरबार छिर्ने भएका छन् ।

यसअघि आइतबार बिहान धरानको खानेपानी समस्या समाधान माग गर्दै मेयर हर्कसहितले प्रदर्शन गरेका थिए । सोमबार बिहान काठमाडौंतर्फ लाग्नुअघि उनले फेसबुकमा गाग्री लिएर काठमाडौं हिँडेको बताएका थिए ।

‘आन्दोलन गर्न थोत्रे गाग्री बोकेर आज काठमाडौँ जाँदै छु । जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सक्नुपर्छ सरकारले’, उनले भनेका थिए ।

पूर्वका सहरहरूमध्ये धरानमा पानीको चर्को अभाव छ । सप्तकोशीको पानी ल्याउने भनिए पनि पर्याप्त बजेट नहुँदा समस्या भएको छ ।

मेयर साम्पाङले धरानमा अहिले कोकाहा खोलाको पानी अस्थायी रुपमा ल्याएका छन् । कोकाहाको पानी ल्याएको पाइप जमिन र रुखमा बाँधिएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply