३१ आश्विन २०८२
त्यसैले त्यो दिन आउने पर्खाइमा तड्पिन थाले | भबिष्यको कुरा सोच्न पुग्थे | मेरो सोचाइ कहाँ सम्म थियो भने, मेरो प्रेम सफल हुन्छ अनि यो सफल प्रेमलाई सुमधुर सम्बन्धमा जोड्ने छु | उनिलाई सधैको लागि आफ्नो बनाउछु तर अचानक एकदिन उनि च्याटमा आइनन् | सोचे कतै विशेष कम पर्यो होला | भोलि आउछिन अनि सोध्छु भन्दै त्यो रात चित्त बुझाएर सुते | अर्को दिन पनि उनि आइनन् | मन छातपट्टि भयो | निन्द्रा लागेन, किन लागोस पनि जानी नजानी प्रेममा बाधिएको यो मन अनि त्यै पनि पहिलो प्रेम कहाँ चित्त बुझाउन सकिंदो रैछ र ? जति निदाउन प्रयत्न गरे पनि नसक्दा त्यो रात म सँग हरेर बिहान भै सकेको थियो | त्यसदिन मलाई निक्कै दिक्क लगेको थियो, आफ्नो जिउ आफैलाई भारी भएर आएको थियो | त्यसै-त्यसै गीतहरुको धुनमा आफुलाई कल्पनामा डुबाएर बिताउन थाले | साझ पर्दैथियो म अनलाइन गएर उनि आउने प्रतिक्षामा बसिरहेको थिए तर साझ सकिएर रात ढल्कदै थियो | अह ! उनि आइनन्, रुन मन लाग्यो मन भित्र आशु झरिसकेको थियो तर आखामा दर्साउन भने सकिन | अफलाइन म्यासेज पठाए, च्याट छोडेर नम्वर डायल गरे तर फोन अफ थियो | धेरै पल्ट प्रयास गरे तर लागेन | त्यो नम्वरमा सन्देश पठाए, उतर आउला कि भन्दै मोबाइल बारम्बार हेरे | बेट्री सकिएको छ कि भन्दै हेरे, छैन | मनमनै रिस उठ्यो उनिसँग अनि भगवानसँग, किन यत्रो संसारमा भगवानले मलाई मात्रै तड्पाएको होला भन्दै भगवानप्रति असाध्यै रिस उठ्यो | ४ दिन बिती सक्यो | के छ कसो छ केहि थाहा थिएन | पाचौ दिन उनि अनलाइन आइन् | मनमा रिसको आवेग थियो तर त्यो भन्दा धेरै माया थियो अनि सोधे किन यस्तो गरेको तिमीले न अनलाइन आउछौ न सन्देशको उतर छ, के भयो ? उनको च्याट गर्ने शैली हल्का परिवर्तन थियो, निरास र रुन्चे इमोमा म बिरामी छु भनिन् | मलाई एकदम निरास लाग्यो अनि डर पनि | रिसको बेलामा पठाको सन्देश र अफलाइन सन्देशको याद आयो बेकारमा गाली गरेछु | यस्तो भए पछी एकछिन मात्र च्याट गरेर उनि आराम गर्न जान्छु भन्दै गइन् |
कसैले प्रेम प्रस्ताब नराखी नै मायामा थियौ हामी | तर उनको बारे बुझ्दै जादा मलाई खिन्न लाग्यो, उनि म भन्दा उमेरले ३ वर्ष ठुली रहेछिन, अनि म भन्दा दुई कक्षामाथि पढदि रहेछिन | तर म सोच्थे माया अन्धो हुन्, न मायाले जात हेर्छ, न त उमेर नै | यही सोचेर मैले त्यो सम्बन्ध अगाडी बढाउदै थिए तर मलाई डर थियो यो समाजको, के भन्ने हो ?, अनि मेरो परिवारको ? मैले यस्तो गर्दा के होला ? मेरो बेइज्जत त हुन्छ तर मेरो परिवारको झन् बेइज्जत हुन्छ | आखिर मैले पनि त आफ्नो स्वार्थ मात्रै हेरेर भएन | परिवारमा बसेपछि मेरा बा, आमाका कुरा अथवा इज्जत बचाउनु पर्छ | त्यसकारण मैले त्यो मायालाई साथि मै फेरी लग्ने प्रयास गरे | साच्चै नै हो रहेछ “अन्त्यहरु सुरुवात भन्दा धेरै असजिलो हुदो रहेछ |”
मैले उनीलाई त भनिन तर म आफै उनिबाट टाढा हुन थाले | म च्याटमा त्यति जान छोडे | कहिले काही जान्थे | अहिले पनि जान्छु | के छ, कसो छ ? त्यति मै च्याट सिमित हुन्छ | उनि र म अहिले पनि राम्रो साथी छौ र खुशी पनि लाग्छ किनकि उनीलाई मैले सुरुमै धोका भन्ने चिजबाट बन्चित गरे, सुरुमै आफैलाई बुझाउन सके अनि उनको जीवनसँग खेलबाड गरिन |
कसैलाई चायर पनि पाइएन, कसैलाई पाएर पनि चाईएन | धिक्कार छ मेरो यो बिवास्ताको जिन्दगीदेखि | यो समाजको परिधिदेखि, कसैलाई मनबाट चाहेर पनि पाउन ग्राहो छ, कसैलाई यही समाजको कारणले गुमाउनु पर्दो रहेछ | आखिर यो समाज के गर्दा खुशी हुन्छ ? अरुको मन छिया-छिया भएर तड्पीएको हेर्दा खुशी हुन्छ कि अरुको दुख वेदनामा रमाउने हुन्छ ? बैशमा मातिएर ठिटाहरुसँग लठिएर हिड्दा पचाउने यो समाज, आफु भन्दा उमेरमा परिपक्कतासंगको चोखो सम्बन्धलाई नपचाउने यो समाज कस्तो समाज ?
Comments
Leave a Reply