राजनीति

बालकोट नगई खुमलटार मोडिए प्रचण्ड

बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ्नै घर फर्किएका हुन् ।

 

यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

उनले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने सुनाएका थिए । त्यसपछि प्रचण्डले पार्टी पदाधिकारीहरुलाई गठबन्धनमा संकट आएको बताएका थिए ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply