राष्ट्रिय

गगां शेरचन हत्या प्रकरण : ३ अभियुक्त कारागार चलान

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका-७ वामीमा एक महिलाको हत्या आरोप लागेका ३ अभियुक्त पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते हत्या भएको थियो । शेरचनको शव उनकै होटलभित्र फेला परेकी थिइन् ।

उनको हत्या आरोपमा बाग्लुङको बडिगाड गाउँपालिका-७ का थम्मनबहादुर घर्ती, मकवानपुर घर भई काठमाडौंको चन्द्रगिरी नगरपालिका-१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोक घर भई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-७ बस्ने शिवबहादुर तामाङ पक्राउ परेका थिए ।

उनीहरु जिल्ला अदालतमा थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको र हाल जिल्ला कारागार गुल्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

होटल सञ्चालक शेरचन मृत भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले गत फागुनमा थम्मनबहादुर घर्तीलाई पक्राउ गरेको थियो ।

उनले तीनजना मिलेर हत्या गरेको बयान दिएपछि लोकबहादुर दर्लामी र शिवबहादुर तामाङ २८ चैतमा धुलिखेलबाट पक्राउ परेका थिए । उनीहरुको बयान अनुसार हत्यामा संलग्न अझै एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply