राष्ट्रिय

संखुवासभा हेलिकप्टर दुर्घटनामा एकको मृत्यु, चारजना घाइते

संखुवासभाको भोटखोलामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय ५० वर्षीय भविन गुरुङको मृत्यु भएको हो । संखुवासभाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र गोदारका अनुसार उनको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको हो।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर घाइते भएका छन् । घाइते चार जनालाई काठमाडौं लगिएको उनले बताए ।

दिउँसो भोटखोला गाउँपालिका ४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

 

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply