राष्ट्रिय

अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका ४ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा घाइते ४ जनाको मृत्यु भएको छ ।भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को ढाकावाङ्गमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको हो । हिजो दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भुमिकास्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए। घाइते माध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौँ लैजादै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको उनले जानकारी दिए । मृत्यु हुनेमा ७२ वर्षीय पीताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा विहान ७ बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ। अस्मिता बेल्बासे मिसन अस्पताल पाल्पामा उपचार भइरहको छ। यस्तै अर्घखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीमा परेर चार वटा ४ भैंसी जलेका छन् भने आठ सय भन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो निभाइएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply