राष्ट्रिय

गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

गुल्मी । गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदैछ । जिल्ला भलिबल संघ गुल्मीले पालिका स्तरीय भलिबल प्रतियोगीताको आयोजना गरेको हो । आगामी कार्तिक १५ गतेदेखि १८ गतेसम्म ‘प्रथम गुल्मी जिल्ला भलिवल कप २०८०’ संचालन हुन लागेको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । उनले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा बिस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले चिदिचौरमा पालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता आयोजना गरिएको बताए । महासचिव आचार्यका अनुसार, पुरस्कार राशीकाे बारेमा संघले छिट्टै निर्णय गर्नेछ । असोज पहिलो हप्ता पत्रकार सम्मेलन गरेर सबै जानकारी गराउने संघको तयारी रहेको महासचिव आचार्यले बताए ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply