मनोरंजन

पूजालाई समीक्षाको प्रश्न : यसरी फिल्म चलाउन खोज्नु सही हो र ?

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफूलाई पीडा नदिन अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छन् । पूजाले अभिनेता पल शाहसँगैको एक पोडकाष्ट कुराकानीमा समीक्षा लक्षित अभिव्यक्ति दिएकी थिइन् । सामाजिक सञ्जालमा एक पोस्ट समीक्षाले 'आफैँ  पनि छोरी भएर एउटा १४ वर्षकी कान्छी बहिनी बराबरलाई प्रहार गर्नु राम्रो हो र ?' भन्दै पूजालाई प्रश्न गरेकी छन् ।
‘अदालत नै पोडकाष्टहरु हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि,’, उनले अगाडि भनेकी छन् ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ  । कि त भगवानलाई थाहा छ ।’
‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर साबित गरिदिएँ’, उनले भनेकी छन्, ‘सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु । मान्छु, तर यसरी पिडा नदिनुस् प्लिज ।’ आफ्नो विषय बाहिर ल्याएर पूजाले  फिल्म चलाउन खोजेको आरोप समेत समीक्षाले लगाएकी छन् । पूजाले पोडकाष्ट कुराकानीमा ‘पललाई कानुनले बेकसुर प्रमाणित गरेको र कसैले बोलिरहन जरुरी छैन’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply