राजनीति

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालत उपस्थित गराइएको छ।

सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रकाउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्धनिर्देश लामिछानेसहित कास्की प्रहरीकै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई‌ं र रामबहादुर खनाललाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको हाे।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यही कात्तिक २ गते पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।

उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहेका हुन्।

आजबाट तिहार बिदा सकिएर अदालत खुलेकाले पुन: म्याद थपका लागि प्रहरीले उनलाई अदालत उपस्थित गराएको हो। जिल्ला अदालत कास्कीले म्याद थप गरेमा उनलाई बुटवल पठाउने तयारी छ। बुटवलको सुप्रिम सहकारी ठगीको पूरक जाहेरीका आधारमा बयानलगायत अनुसन्धानका लागि लामिछानेलाई बुटवल लैजान लागिएको हो।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply