राष्ट्रिय

तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी

तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो ।

तिहार अघिको कारोबार अर्थात् कात्तिक १५ गते सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकोमा तिहारपछिको पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply