राष्ट्रिय

एक वर्षलाई पुजारी

प्यूठान।प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारा स्थित मगरहरूले एक वर्षका लागि पुजारी छनौट गरेका छन् । रजवारा गाउँमा वर्षभरी हुने पुजाहरू, धार्मिक स्थल झाक्रि ढुङ्गाको पूजाका लागि प्रत्येक वर्षको कात्तिक २० गते पुजारी छनौट गरिने चलन छ । गाउँका सुतपहरे पुनमगरहरूको नेतृत्वमा राम्जाली घर्ति, बैजाली घर्ति र तिर्के पुनमगरबाट पुजारी छनौट गरी पुजाआजाको परम्परा धान्दै आएको स्थानीय मनोज पुनमगरले जानकारी दिए । उनका अनुसार २० गतेसम्मका सबै पुजाआजाका काम स्थानीय प्रमुख पुजारी ओम बहादुर घर्ति र सहायक अमृत घर्र्ति (धार चलाउने) ले गर्दै आएकोमा मंगलवार देखि नयाँ पुजारीले जिम्मा लिएका छन् । स्थानीयहरूको छलफलबाट पुजारी छनौट गरी बाजाले सम्मान गरी नयाँ पुजारी छनौट गर्ने प्रचलन रहेको छ । यस वर्षको प्रमुख पुजारीमा नारायण पुनमगर र सहायक पुजारीमा भविराम घर्तिमगरलाई छनौट गरिएको हो । पुजारीले रजवारामा मंसिर पहिलो हप्ताको मंगलवार हुने भुमे पुजा सहित सिमको देवाली, पातिहाल्ना देवाली, दहवसे देवाली, झाक्रिढुङ्गाको पुजा गर्नु पर्ने हुन्छ । देवालीमा पाँच छाक नुन नखाने, फलफुल खाएर जानु पर्ने, झाक्रिढुङ्गा पुजा दुई दिन अघिदेखि नुन वार्नु पर्ने मान्यता रही आएको स्थानीयहरू बताउँछन् ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply