राष्ट्रिय

मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु

प्युठान।प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्यूठान नगरपालिका–१ चेरनेटा तर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं.को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिंदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानकाका प्रवक्त प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए । शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कंवरले बोकेको र ठक्कर दिदा साथमा बोकेको नाती खस्न गइ घाइते भएका थिए । घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रवक्ता के.सी.ले बताए । मोटरसाइकल चालक प्यूठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय बिशाल के.सी.लाई प्रहरीले .नियन्त्रणमा लिएको छ । शिशुको शव जिल्ला अस्पतालको शव–गृहमा रहेको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply