राष्ट्रिय

विश्व मधुमेह दिवसमा साइक्लोथन

 मधुमेह र थाईराईड बिरामीलाई विशिष्टिकृत सेवा दिदै आएको शंकरनगरस्थित केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरले १८ औ पटक विश्व मधुमेह दिवस साइक्लोथोन कार्यक्रम गरेको छ । केन सेन्टर र बुटवल युनाइटेड साइकलिङ क्लबको सहकार्यमा रुपन्देहीका साईक्लिष्टहरु सहभागि रयाली योगीकुटीबाट शुरु भएर बुटवल कालिकापथ हुदै नेपालगंज रोड, हाटबजार, गोलपार्क, ट्राफिक चोक, योगीकुटी, बनबाटिका, मणिग्राम हुदै शंकरनगरमा औपचारिक रुपमा समापन गरिएको थियो । नेपालमा मधुमेहको जोखिम बढ्दो छ । एक सर्वेक्षणको अनुसार नेपालमा करिब २५ लाख नेपालीहरू मधुमेहबाट पीडित छन् भने ५० प्रतिशत नेपालीहरूमा मधुमेहको पहिचान भएको छैन । नेपालमा करिब २१% मानिसहरू मोटोपनका शिकार भएको अनुमान गरिएको छ । त्यसैले मधुमेहको सबैभन्दा ठूलो जोखिम कारक भनेको बढी तौल वा मोटोपन र शारीरिक आलस्यता हो । यस्तो अवस्थामा मानिसले आफ्ना सामान्य जीवनशैलीहरू परिवर्तन गर्नुपर्छ। तौल घटाउनु, स्वस्थ खाना खानु, नियमित शारीरिक गतिविधिहरूले मधुमेह हुनबाट बच्न र बचाउन सकिन्छ । कार्यक्रममा केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले विश्व मधुमेह दिवस विगत २२ वर्षदेखि मनाउँदै आइरहेको बताए । समुदायमा सचेतना जगाउनु अहिलेको सबैभन्दा जरुरी रहेको उनको तर्क छ । बिरामीहरूलाई रोगबारे परामर्श दिँदै आइरहेका कक्षपतिले साइकल चढ्ने बानीले शरीरलाई सम्पूर्ण शारीरिक अभ्यास हुने हुँदा फाईदा मिल्ने बताए । मधुमेहको समयमा नै उपचार गरी भविष्यमा हुने जटिल समस्याहरूबाट बच्न जरुरी छ । नेपालमा मधुमेहबाट हुने जटिल समस्याहरू मध्ये आँखाको समस्या, मृगौलाको समस्या, मुटुको समस्या र पक्षघातका समस्या धेरै पाइएको छ । खानपिनबारे राम्रो जानकारी नहुनु र स्वस्थ जीवनशैली नअपनाउनु मधुमेह वा अन्य रोग हुनको लागि उपयुक्त वातावरण भन्ने हुँदा बेलामै सतर्कता अपनाउन जरुरी छ । कार्यक्रममा बुटवल युनाइटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले साईकल र मानव स्वास्थ्यको सम्बन्ध बारे प्रष्ट्याउदै नियमित साईक्लिङको फाईदाहरुबारे बताए । रयालीमा ३ दर्जन साईक्लिष्टहरु सहभागी रहेका थिए ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply