राष्ट्रिय

क्रसर व्यवसायी महासंघको अध्यक्षमा दोहोरिए न्यौपाने, सर्वसम्मत चुनियो कार्यसमिति

काठमाडौं।नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध चुनिएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको उपाध्यक्ष मिनबहादुर शाहीले जानकारी दिए । २०७७ माघ २० गते बुटवलमा आयोजित  महाधिवेशनबाट पनि सिताराम न्यौपाने नै अध्यक्ष चुनिएका थिए । महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ । बर्दिवास महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल र लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही चुनिएका छन् । त्यस्तै महासचिवमा देवराज तामाङ चुनिएका छन् । सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त राखिएको छ । सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा बेचन ठाकुर बरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध चुनिएका छन् । सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिल प्रसाद पाठक, अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शश िकुमार यादव र सन्तोष यादव निर्वाचित भएका छन् । पदाधिकारीसहित कार्यसमिति सदस्यहरुको कार्यकाल तीन वर्षको हुन्छ । महासंघको अध्यक्षमा पुनः चुनिएसँगै न्यौपानेले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरोकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मिहिनेत गर्ने बताए । बर्दिबासको साधारण सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरुको सहभागिता थियो ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply